दल दर्ताको समयमा प्राप्त चुनाव चिन्हलाई मान्यता दिन जनमतको माग

समाचार

काठमाडौं, २६ माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताका क्रममा प्रदान गरेको चुनाव चिन्हलाई नै निर्वाचनमा मान्यता दिन माग गरेको छ ।

जनमतका महासचिव चन्दन सिंहले बुधबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

प्रदेश तथा प्रतिनिधिसभामा दल दर्ताका समयमा प्राप्त गरेको निर्वाचन चिन्हलाई नै मान्यता दिने गरिएको तर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको जस्तो नयाँ चुनाव चिन्ह लिनुपर्ने व्यवस्था गर्नु आपत्तिजनक रहेको उनले बताए ।

यो विषयमा आयोगका प्रमुख आयुक्त थपलिया पनि सकारात्मक रहनुभएको सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ