मधेश प्रदेशका जनप्रतिनिधि अधिकारबाट वञ्चित नहोस् : सोनल

समाचार

जनकपुरधाम, २६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिले यस प्रदेशका जनप्रतिनिधिहरुको अधिकार कटौती भएको भन्दै आपत्ति जनाएको छ ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते सरकारको निर्णयको स्वागत गर्दै लोसपा मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले मधेश प्रदेशका जनप्रतिनिधि अधिकारबाट वञ्चित नहोस् भन्ने धारणा राखेका छन् ।

सोनलले बुधबार एक विज्ञप्ति जारी गरी २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएका छन् ।

मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २०७९ मा गर्न मागसमेत सोनलले गरेका हुन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । तत्कालिन प्रदेश २ (हालको मधेश प्रदेश) मा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ