हिन्दू परिषदद्वारा देशभर विरोध प्रदर्शन

समाचार

वीरगन्ज, २६ माघ । हिन्दू परिषद नेपालले रौतहट जिल्ला इशनाथ नगरपालिका बड़ा न.५ लक्ष्मीनियामा हिन्दू समाजमाथि भएको आक्रमणको विरोधमा देशभर प्रर्दशन गरेको छ ।

सरस्वती माताको मूर्ति विसर्जन गर्न गइरहेको बेला मुस्लिम समुदायद्वारा हिन्दूहरु माथि सांघातिक आक्रमण र सरस्वती माताको मूर्ति माथि जूता चपल प्रहार गरेका थिए । सो घटनामा दर्जनौ हिन्दूहरु घाइते भएका छन् ।

हिन्दू परिषद नेपालले दोषीमाथि कारवाही गर, इस्लामिक जिहाद मुर्दाबाद, दलाल नेताहरु मुर्दाबाद, हिन्दू हिन्दू भाई भाई, ओमकार परिवार एक होऔ, हिन्दूहरु धर्म संस्कृति मास्न पाइदैन, मुस्लिम आतंकवाद मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, जिहादी मानसिकता मुर्दाबाद लगाएतको नारासहित प्रदर्शन गरेको थियो ।

वीरगंजमा भएको विरोध कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, भरत सरार्फ, उमेश साह कानू, किरण अग्रवाल, बिनोद प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष बिरेन्द्र गुप्ता, सल्लहकार जोगिन्द्र कलवारसहित परिषदका बिभिन तह तपका सदस्यहरुको सहभागी रहेको कार्यक्रम हिन्दू परिषद नेपाल बीरगंज महानगरपालिका अध्यक्ष प्रमोद सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।

साथै काठमांडूको माइतिघर मण्डलमा केन्द्रीय उपाध्यक्ष सुनीता रौनियारको अगुवाई भएको कार्यक्रममा परिषदका केन्द्रीय सदस्य पिंकी महासेठ, उपत्यका कमिटी उपाध्यक्ष रामस्वार्थ पटेल सहितको सहभगी रहको थियो।रौतहट घटनाको सम्बन्धमा हिन्दू परिषद नेपाल द्वारा बीरगंज, कलैया, गौर, मलंगवा, जनकपुरधाम, जलेश्वर, लहान, राजविराज, इनरवा, बिराटनगर, हेटौडा, लुम्बिनी, नेपालगन्ज, पोखरा र काठमांडूमा विरोध प्रदर्शन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ