सिलिण्डर र चूल्हो वितरण

समाचार

रौतहट, २६ माघ । रौतहटको धरहरीमा २२४ घर परिवारलाई सिलिण्डर र चूल्हो वितरण गरिएको छ ।

देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीमा वडा अध्यक्ष राजेश साहले १०० ओटा घरपरिवारलाई जनालाई सिलिण्डर र चूल्हों वितरण गरेका हुन् ।

रौतहटलाई धुवारहित बनाउने तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ बुधबार धरहरीमा वडा अध्यक्ष साहले ग्यस चुल्हो वितरण गरेका छन् ।

सिलिण्डर र चूल्हो वितरण कार्यक्रममा दिपी यादव, दिनेश यादव, बिरेन्द्र दास, नन्दकिशोर यादव, जगरनाथ साह, मदन पटेल, विनोद यादव, विकास यादव, हरेन्द्र साह, सुनैना देवीको विशेष उपस्थितिमा उक्त सामग्रीहरू वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ