लोसपा पर्साका नेता सिंह एमाले प्रवेश

समाचार

वीरगन्ज, २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साका प्रभावशाली नेता राजेशमान सिंहले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगञ्ज महानगरपालीकाको मेयर पदमा चुनाव लडेका सिंहले यसपटक एमालेबाट पुनः मेयर पदमा लागि नै उम्मेदवारी दिने स्रोतले जनाएको छ ।

सिंहलाई बुधबार काठमाडौँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् ।

उनलाई नेकपा एमाले प्रवेश गराउनमा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले विशेष भूमिका खेलेका छन् ।

पछिल्लो समय पर्सा जिल्लामा नेकपा एमाले प्रतिको आकर्षण बढ्दै छ । यसअघि पर्साको जगनाथपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचीत भएका अध्यक्ष जालिम मियाँले पनि एमाले प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ