सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी केन्द्रमा जाने

समाचार

इमरान खान, रुपन्देही, २७ माघ । जिल्लाको मर्चवारको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गरी पार्टीमा कहिले प्रवेश गर्ने भन्ने धारणा बनाउने शुक्लाले बताए ।

अध्यक्ष शुक्लाले भने, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.सँगै हाम्रो टोलीले अध्यक्ष प्रचण्डसँग भेटघाट गरेपश्चात पार्टीमा कहिले प्रवेश गर्ने भन्ने विषयमा छलफल हुनेछ ।’

गत स्थानीय तहको निर्वाचनमा शुक्ला मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट सम्मरीमाई गाउँपालिका अध्यक्षमा भारी मतले निर्वाचित भएका थिए ।

निर्वाचित भएको केही महिनापछि नेकपा (एमाले)मा प्रवेश गरेका थिए त्यस लगत्तै उनले उक्त पार्टी परित्याग गरेका थिए । पछि शुक्ला जनमत पार्टीमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ