जनकपुरधाम, २७ माघ । मधेश प्रदेश सरकारले ‘जनयुद्ध’का शहीद परिवारलाई आर्थिक सहयोग गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
यस वर्ष जनयुद्ध दिवसका अवसरमा मधेश प्रदेशका ३२ शहीद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्न लागिएको हो ।
फागुन १ गते प्रदेशका प्रत्येक जिल्लाबाट चार÷चार शहीद परिवारलाई पहिलो चरणमा एक लाख रुपैयाँका दरले सहयोग गर्न लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार मधेशी सहिद प्रतिष्ठानमार्फत तीन चरणमा गरी प्रत्येक सहिद परिवारलाई तीन÷तीन लाख रुपैयाँ दिने तयारी छ । बाँकी सहिद परिवारलाई जिल्लामै गएर सहयोग रकम दिइने उनले बताए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही रकम हस्तान्तरण गर्न जनकपुरधाम आउन लागेका छन् । उनको उपस्थितिमा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोग गर्न कर्भडहलमा कार्यक्रमको आयोजना गरिएको छ ।
मधेश आन्दोलन र जनयुद्धका सम्पूर्ण शहीद परिवारलाई आर्थिक सहयोग गरिने बताइएको छ । यसअघि माघ ५ गते बलिदानी दिवसका दिन पनि सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई तीन÷तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
मधेश आन्दोलनका ५९ सहिद परिवारलाई तीन लाखका दरले र घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि तीन लाख रुपैयाँसम्म रकम वितरण गरिएको थियो । सरकारले गत वैशाख १ गते शहीद प्रतिष्ठान गठन गरेको थियो ।
तपाईको प्रतिक्रिया