बाँकेको सीमामा सशस्त्रको निगरानी

समाचार

नेपालगञ्ज, २७ माघ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सीमा नाकामा आफ्नो उपस्थितिलाई कडा बनाएको छ । सशस्त्र प्रहरी बलले बाँकेको ८४ किलोमिटर लामो सीमा नाकामा नियमित रुपमा गस्ती गर्दै कडा निगरानी बढाएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणमा आएको तीन हप्तामै सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले बाँके जिल्लाका सबै स्थानका सीमा नाकामा गएर अवलोकन गर्दै जिल्लामा रहेका ८ वटै बीओपीका कमान्डरहरुलाई सीमा नाकामा हुने हरेक गतिविधिमा नजर राख्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले सीमा नाकाको सुरक्षा तथा राजस्व संकलन, चोरी निकासी पैठारी नियन्त्रण, मानव तस्करीविरुद्ध लाग्न हरेक तह र तप्काका आफ्ना कर्मचारीलाई निर्देशन जारी गरेका हुन् ।

सशस्त्र प्रहरी उपरीक्षकको कडा निर्देशन पश्चात बाँकेमा रहेका कटकुइया, नरैनापुर, गंगापुर, खडैँचा, कालाबन्जार, जमुनाह, जयसपुर बढैया गरी आठ वटै बीओपीहरु सीमा नाका कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।

चोरी तस्करी नियन्त्रणमा मात्र नभएर बढ्दो कोरोना भाइरस संक्रमणलाई समेत मध्यनजर गर्दै सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले कोही पनि व्यक्ति चोर नाकाबाट नभएर मुख्य सीमा नाकाबाट आवतजावत गराउन आफ्ना मातहतका बीओपी कमान्डरलाई निर्देशनसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ