विराटनगरमा बर्ड फ्लु

समाचार

विराटनगर, २७ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

बर्ड फ्लु नियन्त्रण गर्न विराटनगर महानगरपालिका– १८ को हिमालयन कृषि फार्मलाई केन्द्र बिन्दु मानेर त्यस हासपासको क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको हो ।

दुई साताअघि हिमालयन कृषि फर्ममा पालिएका कुखुरा ठूलो संख्यामा मरेपछि गरिएको परीक्षणमा बर्ड फ्लु पुष्टि भएको थियो ।

यसअघि मोरङको ग्रामथान, बुढीगंगा र कटहरीका गाउँपालिकाका कुखुरा फार्ममा पालिएका कुखुरामा पनि बर्ड फ्लुको संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ