सेफ्टी ट्याङकीमा डुबेर मृत्यु

समाचार

मोरङ, २८ माघ । सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा चिया पसल गरी बस्ने सोही नगरपालिका–९ चन्दनखाँडी घर भएका सन्तोष कुमार दासको छोरा ३ वर्षीय खेम दासको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित बिपि आधारभूत विद्यालयको ट्वाईलेटको सेफ्टी ट्याङकीमा डुबेर असक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ