पर्सा, २८ माघ । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनर्वास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ सय ८३ वटा नाईट्रोभेट ट्याब्लेटसहित धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ३ बस्ने २२ वर्षिय जय बहादुर तामाङ्गलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
त्यसवेला उनको साथबाट नेपाली रुपैयाँ ७ हजार ३ सय र एक थान मोवाईल सेट समेत बरामद गरिएको छ ।
पक्राउ परेका तामाङ्गलाई बरामद लागूऔषध, रुपैयाँ र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
तपाईको प्रतिक्रिया