मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एकको मृत्यु

समाचार

धनुषा, २९ माघ । मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा प्र.२–०२–००३ प ६४७२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको गाडीले शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय प्रेसिस थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई न्यूरो अस्पताल बिराटनगर हुँदै थप उपचारको लागि बिएण्डबी अस्पताल ललितपुर पठाइएको छ । ठक्कर दिने गाडीको प्रहरी खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ