भरुवा बन्दुकसहित दुई जना पक्राउ

समाचार

कपिलवस्तु, २९ माघ । बाणगंगा नगरपालिकामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

नगरपालिकाको वडा नं २ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं १४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् ।

सोमैको साथबाट एक थान खाली भरुवा बन्दुक र मगरको साथबाट एक थान लोडेड भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

वडा नं २ मा रहेको मनकामना सामुदायिक वनमा केही व्यक्ति बन्दुकसहित हिडिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ