कपिलवस्तु, २९ माघ । पछिल्लो समय कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि या स्वतन्त्र नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ ।
शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरी नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
शनिवार आयोजित एक कार्यक्रमका विच वडा अध्यक्ष चौधरी सहित वडामा निर्वाचित तीन सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
वडा सदस्यहरु जसराम अहिर,प्रभु थारु,चिन्का पासी सहित विभिन्न पार्टी परित्याग गरि ४०० जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस शिवराज नगरसमितिले जनाएको छ ।
गत माघ २२ गते शनिबार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताव शाह सहित करिव ४ हजार बढी कांग्रेसमा प्रवेश गरेका थिए ।
नवप्रवेशिलाई पार्टी सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गरेका छन् । सभापति पुनले वडा अध्यक्ष थारुको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु शिवराजमा कांग्रेस थप वलियो भएको विश्वास व्यतm गरे छ।
त्यस्तै कार्यक्रममा महामन्त्री सुरेन्द्रराज आर्चायले आउदो स्थानिय तहको चुनावमा शिवराजलाई कांग्रेसमय बनाउनका लागी गुट उपगुटको पछि नलागी पार्टीको निर्देशन अनुसार चल्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा प्रदेश सह महामन्त्री विष्णु मुस्कान जिल्ला सभापति अव्दुल कलाम, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझी,जिल्ला सदस्यहरु इश्वरी पाण्डेय,केशव पाण्डेय, प्रदेश क्षेत्रीय सभापति गोविन्द के सी युवा नेता अजय थापा,कमल केसि लगाएतका नेताहरुले शुभकामना व्यतm गरेका छन् ।
थारुले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको बताए ।
थारु स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिक बाट निर्वाचित भएका थिए । कार्यक्रम नेपाली काग्रेस शिवराज नगर सभापति मधुसुदन पोख्रेलको अध्यक्षता र सचिव विष्णु पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया