विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ ले स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको छ । जहदा गाउँपालिका वडा नम्वर ३ ले गाउँपालिका भरिका ४५ जना स्वास्थ्य स्वंयसेविकाहरुलाई साइकल वितरण गरेको हो ।
वडाध्यक्ष अनिल ठाकुरले वडाको बजेटबाट जहदा गाउँपालिका ७ वटै वडामा कार्यरक्त स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्न साइकल वितरण गरेको जानकारी दिए । यसअघि उनी आफ्ना वडा नम्बर ३का ९ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको थियो ।
स्वयंसेविकाहरुले गाउँपालिका गएर साइकल माग गर्दे आएको थियो । काम गर्न असहज भएपछि गाउपालिकासँग साइकल माग गरेपनि गाउँपालिकाले साइकल नदिएपछि वडा नम्बर ३ का वडा अध्यक्ष ठाकुरलाई साइकल उपल्बध गराउन आग्रह गरेपछि ठाकुर गाउँपालिका कार्यरक्त सबै स्वयंसेविकाहरुलाई साइकल दिएको बताइएको छ । वडाध्यक्ष ठाकुरले भने, ‘गाउँपालिकामा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन र प्रोत्साह स्वरुप साइकल वितरण गरका छौं ।’
साइकल वितरण कार्यक्रम सभापति स्वास्थ्य शाखा प्रमुख विजेन्द्र यादव, प्रमुख अतिथि वडा नम्वर–३ का वडाध्यक्ष अनिल कुमार ठाकुरसहित गाउँपालिकाभरि सम्पूर्ण युवा क्लबहरुको प्रतिनिधिलगायत समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया