विराटनगर, २९ माघ । विराटनगरमा मैथिल ब्राहमण बटुकहरुको सामूहिक व्रतबन्धन (उपनयन) सम्पन भएको छ । मैथिल ब्राहमन सभा युवा समिति विराटनगर मोरङले आयोजना गरेको सो सामुहिक ब्रतबन्धन (उपनयन ) सम्पन भएको हो ।
सामूहिक ब्रतबन्धन (उपनयन)मा नेपाल र भारतका ५५ जना मैथिल बुटुक (बरुवा)को सहभागिता रहेको आयोजन संस्थाका अध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिए ।
मोरङको कटहरी गाउँपालिका स्थित गोपलफनपार्कमा आयोजनागरिएको ब्रतन्धनमा नेपालको काठमाडौं, विरगञ्ज, जनकपुर, सर्लाही, सप्तरीको हनुमाननगर नगरपालिका। छिन्नमस्ता गाउँपालिकासहित राजविराज, सुनसरीको धरान नगरपालिका र विराटनगरका बटुकहरुको सहभागिता रहेको थियो भने भारतको विहारको फारविसगञ्ज, कटिहार, मधुवनी, सिपोल र दरभङ्गनाको बटुकहरुको सहभागिता रहेको थियो ।
बटुकसँगै उनका आफन्तहरुको ठूलो सहभागिता रहेको सो ब्रतबन्धमा लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोरेका थिए । एकलरुपमा मिथिला संस्कृतिअनुसार ब्रतबन्धन (उपनयन) गर्दा प्रति बटुक (बरुवा) दुईदेखि ४ लाख खर्च लाग्ने भएकाले खर्चिलो बन्दै गएको ब्रतबन्धनलाई सहज बनाउन सामूहिकरुपमा आयोजना गरेको अध्यक्ष मिश्रले जानकारी दिए ।
प्रदेश १ मा पहिलो पटक आयोजना भएको सो ब्रतबन्धनमा मधेस प्रदेशसहित सुनसरी र मोरङ र विहार मैथिल ब्राहमण सभाका अगुवाहरुले सहभागिता जनाएका थिए ।
सामूहिक ब्रतबन्धमा सहभागिभएका प्रति बटुकसँग परिवारका १० देखि २० जना सहभागी भएका थिए । उनीहरुलाई दुई दिनसम्म निःशुल्क बस्न र खानको ब्यवस्थापन गरिएको थियो ।
तपाईको प्रतिक्रिया