सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ पक्राउ

समाचार

काठमाडौं, १ फागुन । अवैध रुपमा ल्याउँदै गरेको करिब ४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित चिनिया नागरिक राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लिलाई प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा ४ वटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ