कैलाली, १ फागुन । भजनी नगरपालिका–६ महादेउलिस्थित सडकबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्गोरिया गाउँपालिका–१ बस्ने २४ वर्षीय रोहित खड्का, सोही गाउँपालिका–६ बस्ने २० वर्षीय अन्जान डंगौरा र सोही गाउँपालिका–१ बस्ने २२ वर्षीय अर्जुन चौधरी रहेका छन् ।
से.३ प ९४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सूर्यापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया