आफ्नै आमालाई हत्या गरी फरार रहेका पक्राउ

समाचार

मोरङ, २ फागुन । आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ