आगलागीबाट बस जलेर क्षति

समाचार

कपिलवस्तु, २ फागुन । बुद्धभूमि नगरपालिका–४ बुड्ढीस्थित सडकमा नेपालगञ्जबाट बुटवलतर्फ जाँदै गरेको भे.१ ख २९५६ नम्बरको बसमा तार सर्ट भई आगलागी हुँदा बस पूर्णरूपमा जलेर क्षति भएको छ ।

बसमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ