मणि प्रसाद गैह्रे, कपिलवस्तु, ३ फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश विकासको गतिमा बढेको बताएका छन् ।
प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजना राप्ती उपत्याकामा आयोजित कार्यक्रममा बोल्दै केसीले पछिल्लो वर्ष लुम्बिनीवासीका लागि उपलब्धिमूलक भएको बताएका हुन् ।
मुख्यमन्त्री केसीले प्रदेशलाई जनअपेक्षा अनुसार समृद्ध बनाउन अधिकतम प्रयास गरिएको बताउँदै आगामी वर्षमा सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गरी अगाडि बढ्ने उनले बताए ।
‘लुम्बिनी प्रदेशवासीको लागि ४ वर्षको उपलब्धिमूलकको वर्ष बनेको छ । आगामी दिनमा अझै प्रभाकारी रूपमा अगाडि बढाउनु पर्ने विषयमा हामी गम्भीर छौँ,’ उनले भने ।
उनले लुम्बिनी प्रदेश सरकारको तीन वर्ष राजनीतिक हिसाबले एकल जस्तो भए पनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यको आधारमा सरकार निर्माण र सञ्चालन भएको बताए ।
सरकारले प्रदेशवासीको गाँस, बास, कपास, शिक्षा स्वास्थ्यलगायत पक्षको सुधारका गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसकै अवसर पारेर १० विधामा ५७ जनालाई विभिन्न पदकबाट विभूषित गरेका थिए । पदकबाट विभूषित हुनेहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मान तथा विभूषणबाट विभूषित गरेका थिए ।
लुम्बिनी प्रदेशमा प्रदेश राजधानीका सम्पूर्ण काम अस्थायी मुकाम बुटवलबाटै गरिएपनि गत वर्षबाट प्रदेश स्थापना दिवस भने दाङमा मनाउन थालिएको छ । प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेपछि सरकारले दाङमा स्थापना दिवस मनाउन थालेको हो ।
चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मंगलबार सार्वजनिक बिदासमेत दिइएको थियो । दाङ बाट स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्रालय र पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयको काम संचालनमा आएको पर्यटन ग्रामिण तथा सहरी विकास राज्यमन्त्री रिना नेपालले बताइन् ।
राजधानीको लागि वस्ती विकास तथा मन्त्रालयका संरचनाको लागि तयार पारिएको विस्तृत योजना र प्रदेश सरकारका कामहरुको बारेमा कार्यक्रममा वृतचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न धार्मिक तथा सास्कृतिक र जातिय भाकिहरुको प्रस्तसती गरनुका साथै विषयगत मन्त्रालयहरुको स्टल समेत राखिएको थियो ।
तपाईको प्रतिक्रिया