जनकपुरधाम, ४ फागुन । मधेश सरकारले आफ्नो चार वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकारले नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको सूचीमा राखेको छ ।
उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको हो ।
प्रदेशको निशाना छाप तथा स्थायी राजनीतिका संरचनाहरु निर्माणका लागि जग्गा पहिचान तथा संरचना निर्माणका लागि उच्च स्तरीय समितिसमेत गठन गरी कार्य अघि बढाएको सरकारले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
यस्तै प्रदेश सरकारले चार वर्षे उपलब्धिको सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई पनि राखेको छ ।
मधेश आन्दोलनका २७ जना शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको पनि सरकारले सार्वजनिक गरेको उपलब्धिको सूचीमा राखेको छ ।
तपाईको प्रतिक्रिया