सप्तरीका पत्रकार झा पुरस्कृत

समाचार

वीरगञ्ज, ६ फागुन । पत्रकार गोपालभन्द्र गौतम प्रतिष्ठानले प्रदान गर्दैआएको गोतामे पत्रकारिता पुरस्कारबाट यस वर्ष सप्तरीका पत्रकार बैद्यनाथ झा पुरस्कृत भएका छन् ।

स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारबाट यस वर्ष सप्तरीबाट प्रकाशित हुने आजको वातावरण दैनिक पत्रिकाका सम्पादक झा पुरस्कृत भएका हुन ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले पत्रकार झालाई सम्मानपत्रसहित स्वर्ण पदकले सम्मानीत गरे । पुरस्कृत पत्रकार झा बिगत ४६ बर्षदेखि पत्रकारिता पेशामा छन् ।

प्रतिष्ठानका अध्यक्ष एवं पत्रकार जगदीश शर्माको अध्यक्षतामा आयेजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमख विजयक्मार सारवगीले आजको पत्रकारितामा स्व. गोपालचन्द्र गौतमको आत्मा आउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ