डल्ला फोर्ने मेसिनले च्यापिएर किशोरको मृत्यु

समाचार

बाँके, ६ फागुन । जानकी गाउँपालिका–४ बेलनियामा रोटाभेटर (डल्ला फोर्ने मेसिन)ले च्यापीएर सोही ठाउँ बस्ने अशोक कार्कीका छोरा १३ वर्षीय रोहीत कार्कीको मृत्यु भएको छ ।

बिहीबार साँझ भे.२ त ४४० नम्बरको ट्याक्टरमा रोटाभेटर जोड्न ट्याक्टर अगाडि बढाउने क्रममा रोटाभेटरले च्यापीएर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ