जनकपुरधाम, ६ फागुन । मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
संघीय सरकारले प्रहरी भर्ना लागेको भन्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जनकपुरधाममा शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरिएको बताएका छन् ।
संघीय सरकारसँग प्रहरी समायोजनका लागि पटक–पटक आग्रह गर्दा पनि समायोजन गर्नका लागि चासो नदेखाएकाले बाध्य भएर कानूनी उपचारका लागि जानु परेको उनले बताए ।
सर्वोच्च अदालतले सो मुद्धाको पेशी फागुन १० गतेका लागि तोकेको मन्त्री साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया