सिरहा र सप्तरीको सीमामा देखिएका समस्या समाधान गर्न निर्देशन

समाचार

काठमाडौं, ७ फागुन । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशको सिरहा र सप्तरीमा रहेको ठाडी–लौकाहा, बेल्ही–लौकाहा, बेल्ही–लक्ष्मीपुर, रामनगर–कोदरकट्टीमा रहेको नेपाल–भारत सीमा को निरीक्षण गरेका छन् ।

आयोगमा सीमा सम्बन्धि विभिन्न प्रकारको उजुरी आएपछि अध्यक्ष डा.दत्त स्वयं सो सीमाहरुमा पुगी स्थलगत निरीक्षण गरेका छन् ।

सो निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई सशस्त्र प्रहरी बलका बीओपी कमाण्डरहरुले त्यहाँ रहेका समस्या र अवस्थाहरु बारे जानकारी गराएका थिए ।

निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तले लागुपदार्थहरु को ओसार–पोसार, अपराधिक क्रियाकलापहरु हुन् नदिन निर्देशन दिएका थिए ।

अध्यक्ष डा.दत्तले सीमासँग जोडिएको क्षेत्रहरुमा विभिन्न रणनीति बनाएर सुरक्षामा कमी–कमजोरी आउन नदिन तथा जनताको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्न समेत स्थानीय प्रहरीलाई निर्देशन दिएका थिए ।

बोर्डर अनुगमन पश्चात अध्यक्ष डा.दत्तले विभिन्न ग्रामिण क्षेत्रहरुमा पुगेर जनतासँग स्थानीय समस्याबारे जानकारीसमेत लिएको डा.दत्तको सचिवालयले जनाएको छ ।

सो क्रममा शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अत्याधिक समस्या रहेको त्यहाँका स्थानीय बासिन्दाहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ