समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता

समाचार

काठमाडौं, ८ फागुन । निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी नामक राजनीतिक दल दर्ता भएको छ, जसको चुनाव चिन्ह आँखा रहेको छ ।

यो दल गठनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीभित्र संशय उत्पन्न भएको छ । जसपाभित्र आन्तरिक विवाद चलिरहेको बेला संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सो दल दर्ता गराउन लगाएको आशंकाहरु गरिँदैछ ।

कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ ।

‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् । जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चुलिएको बेला नयाँ पार्टी दर्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) विवाद चुलिएको बेला प्रमुख पार्टीहरूले बैठक बोलाएर यसबारे पार्टीको धारणा तय गरिरहेका छन् ।

जसपामा भने अध्यक्ष यादवले बैठक बोलाएका छैनन् । पार्टीमा डा भट्टराई पक्षधर नेताहरू एमसीसीको पक्षमा खुलेका छन् भने अध्यक्ष यादव पक्षीय नेताहरू मौन बसेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ