काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधिसभामा टेबल हुने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले संसदमा टेबल गर्ने सहमति गरेको हो ।
गठबन्धनको बैठकपश्चात् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमसीसी टेबल हुने बताएका छन् ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
तपाईको प्रतिक्रिया