कपिलवस्तु, ८ फागुन । शिवराज नगरपालिका–१० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा महाराजगंजबाट विवाहको जन्ती आएकोमा जन्तीहरुले पटका पट्काउने क्रममा आगलागी भएको छ ।
सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ जलेर क्षति भएको छ ।
साथै गोठमा रहेको गाईवस्तुहरु बचाउन जाँदा आगोले जलेर घाइते भएका सोही ठाउँ बस्ने ३७ वर्षीय राजेश यादवलाई उपचारको लागि संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै थप उपचारको लागि भैरहवातर्फ रिफर गरिएको छ ।
पटका पड्काउने शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया