जसपा नेपालको अग्निसाईर कृष्णासवरण कार्यालय उद्घाटन

समाचार

सप्तरी, ८ फागुन । जनता समाजवादी नेपाल अग्निसाईर कृष्णासवरण गाउँपालिका कार्यालयको केन्द्रीय कार्यकारिणी सदस्य नवलकिशोर साहले उद्घाटन गरेका छन् ।

अग्निसाईर कृष्णासवरण गाउँपालिका जसपा नेपालका गाउँपालिका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षता तथा कार्यकारिणी सदस्य साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. सुर्यनारायण यादव, केन्द्रीय सदस्य विनोद चौधरी, संघिय परिषद सदस्य गुनानन्द चौधरी, कंचनरुप नगरपालिका उपाध्यक्ष कल्पना चौधरी, सचिव चितरन्जन यादव, जसपा नेता दक्षनारायण श्रेष्ठ, देवेन्द्र झा लगायतका सयौं नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ