टिपर र स्कुटर ठोक्किँदा एकको मृत्यु

समाचार

रुपन्देही, ९ फागुन । सैनामैना नगरपालिका–११ इँटाखोलास्थित सडकमा लु.२ ख ५७९३ नम्बरको टिपर र लु.३६ प ९८९१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका बनकट्टी बस्ने ६४ वर्षीया गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक सोही नगरपालिका बनकट्टी बस्ने ३२ वर्षीय यादव प्रसादको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ