गाउँपालिकाले गर्नुपर्न काम राजेश चौधरीले गर्दै

समाचार

रविन्द्र यादव, नवलपरासी पश्चिम, १० फागुन । नवलपरासी पश्चिम जिल्ला प्रतापपुर गाउँपालिकाका युवा नेता एवम् सामाजिक व्यक्तित्व राजेश प्रसाद चौधरीको विशेष पहलमा सात कोठे पक्की विद्यालय भवन निर्माण कार्य सुरु भएको छ ।

विद्यालयको जग्गा अभावमा करिब ५ वर्षभन्दा बढीदेखि भाडामा संचालन हुँदै आएको प्रतापपुर वडा नं ७ स्थित पशुपति शिक्षा मन्दिरलाई चौधरीले आफ्नो निजि लगानीमा गंगा कुमारी चौधरीसँग खरिद गरि सात कोठे भवन निर्माण कार्यको थालनी गरेका हुन् ।

सात कोठे भवनको शिलान्यास प्रतापपुर गाउँपालिका – ७ टागीकोटमा कार्यवाहक गाउँपालिका अध्यक्ष अंजु कुमारी चौधरी र गाउँपालिका अध्यक्ष पदका उम्मेदवार तथा युवा नेता राजेश प्रसाद चौधरीले संयुक्तरूपमा गरेका हुन् ।

उक्त शिलान्यास कार्यक्रममा बोल्दै युवा नेता राजेश प्रसाद चौधरीले जनताले काम र क्षमता हेरेर आफुलाई विजयी बनाए प्रतापपुर गाउँपालिकालाई विकासको नमुना पालिकाको रुपमा स्थापित गर्ने बताए ।

स्थानीय जनताको भौतिक पुर्वाधारका विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जानकारी दिए, बेरोजगार रहेका युवाहरुलाई आत्मनिर्भर र स्वालम्बी बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताए ।

साथै वहाले बिदेश भन्दा स्वदेशमै रोजगारको वातावरण सिर्जना गरी युवाजनशक्ती परिचालनमा जोड दिए । चौधरीले शिक्षा स्वास्थ्य कृषी सिचाइ यातायात संचार क्षेत्रमा योजनाबद्ध विकास गर्ने बनाइरहेको बताए ।

शिक्षाको पहुचबाट टाढा रहेका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउने र कमजोर आर्थिक स्थितबाट गुज्रिरहेका घरपरिवारका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहुन भनी गाउँपालिकाको सहयोगमा अध्यापन गराउने, गरिब विपन्न घरपरिको घर बनाइदिने र अन्न दाता किसानका लागि समयमै खाद्यमल र बिउविजन उपलब्ध गराउने प्रमुख योजनामा पनि रहेको जानकारी दिए ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहुनु भएकी प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीले जसपाका युवा नेताको खुलेर प्रशंसाा गरिन । उनले अगामी स्थानिय तहको निर्वाचनमा पार्टी भन्दा व्यक्ति चिनेर भोट दिनुपर्नेमा जोड दिइन् ।

उक्त विद्यालय भवन चौधरीले निजी खरिद गरेका पाच कठ्ठा मध्ये एक कठ्ठामा अनुमानित ६० लाखको लागतमा बन्ने जनाइएको छ । उक्त सात कोठे विद्या भवन बिल्ड अफ नेपाल इन्जिनियरिङ संस्थाको सहयोगमा बनिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ