प्रदेश १ को प्रदेशसभा बैठक १५ गते

समाचार

विराटनगर, १० फागुन । प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ ।

लामो समयदेखि प्रदेशसभाको बैठक स्थगित रहेको छ । १५ गते आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

सातवटा प्रदेशमध्ये प्रदेश नं. १ ले मात्र आफ्नो नाम टुंग्याउन सकेको छैन । १५ गते बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ ।

सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो ।
अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ