कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

समाचार

कपिलवस्तु, १० फागुन । शिवराज नगरपालिका–३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको छ ।

शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टन्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको थियो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले तिलकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ