ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

रुपन्देही, ११ फागुन । कञ्चन गाउँपालिका–३ झारगैराबाट करिब ७ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय देवेन्द्र बहादुर खत्री र सोही गाउँपालिका–५ थकाली चोक बस्ने २९ वर्षीय नवराज पराजुली रहेका छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ