रौतहट, ११ फागुन । घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका–१ माथल्लो क्यान्टिन बस्ने सुभाष सिंह पाख्रिनको घरको छतको ढलान गर्ने क्रममा करेन्ट लगेर मिस्त्री काम गर्ने काभ्रे डाँडाखर्क घर भएका २८ वर्षीय राम बहादुर मल्लको मृत्यु भएको छ ।
घरको छतको ढलान गर्नको लागि ढलानको सेन्ट्रिङ ठोक्ने क्रममा अचानक रडले मेन लाईनको विजुलिको तारमा छुँदा करेन्ट लागि बेहोस भएका उनको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया