लोसपा संसदीय दलको बैठक बस्दै

समाचार

काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज बस्दै छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।

उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लगायत समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।

एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा)को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्नेछ ।

एमसिसी सम्झौता छलफलका लागि सदनमा पेश भइसकेको अवस्थामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्त्वका साथ हेरिँदै आएको छ ।

लोसपाले यसअघि नै एमसीसीको पक्षमा रहेको निर्णय गरिसकेको छ । यसबारे आज संस्थागत निर्णय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ