वैदेशिक रोजगारमा ज्यान गुमाएका योगेन्द्रको परिवारलाई आर्थिक सहयोग

समाचार

काठमाडौं, ११ फागुन । वैदेशिक रोजगारको क्रममा दुबईमा मृत्यु भएका धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर बस्ने योगेन्द्र भेडिहारको परिवारलाई मधेशी एकता समाजले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मधेशी एकता समाजले शव फर्काउने काममा आर्थिक सहयोग गर्नुको साथै उनको परिवारलाई आर्थिक सहयोग समेत गरेको छ ।

फेब्रुअरी २३ तारिखमा मधेशी एकता समाजका नेपाल इकाईको अध्यक्ष डा. बबी सिंहले समाजको तर्फबाट उनको पत्नीलाई डेढ लाख नेपाली रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

मधेशी एकता समाज संसारभरि छरिएर बसेका मधेशी प्रवासीहरु माझ एकताको भावनालाई संचार गर्दै उनीहरुको सुख दुखमा सर्वदा साथ दिन २०२१ मा दुबईमा स्थापना भएको हो । यसका शाखाहरु संसारका अरु देशमा पनि स्थापित हुँदैछ ।

भेडिहार भ्रमण भिसामा युएई आएका थिए । भ्रमण भिसामै रहेको बेला उनको जागिर लाग्यो, तर श्रम स्विकृति तथा अन्य जरुरी कागजी काम भने पूर्ण हुन सकेको थिएन ।

यसैक्रममा सधैझैँ कामबाट फर्केर आएर राति सुत्न गएका भेडिहारको मृत्यु निन्द्रामै हुन गयो । त्यसपछि कागज दुरुस्त नभएकोले उनको पार्थिव शरीरलाई नेपाल फर्काउन निक्कै कठिनाई हुनपुग्यो ।

मृतक योगेन्द्र भेडिहारले काम गर्ने कम्पनीले कानुनी व्यवस्थाका कारण पार्थिव शरीरलाई स्वदेश पठाउन अस्विकार गर्यो, साथै उनको श्रम स्वीकृति नरहेको र ईन्सुरेन्स पनि नरहेकोले कुनै पनि आधिकारिक निकायले आर्थिक सहयोग गर्ने ठाउँ थिएन । साथै, उनको परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको र घरमा नौ महिनाकी छोरी र श्रीमती मात्र छन् ।

यसबारे पत्रकार बीपी साहले मधेशी समाजका विभिन्न व्यक्ति तथा संस्थालाई अवगत गराए र मृतकको पार्थिव शरीरलाई नेपाल फर्काउन सहयोग गर्न अपिल गरेका थिए ।

तर कागज दुरुस्त नभएको, श्रम स्व्रिकृति नभएको तथा ईन्सुरेन्सले पनि कभर नगरेकोले प्रशासनिक कठिनाईका साथै आर्थिक कठिनाईको सामना गर्नु पर्यो । विभिन्न मधेशी संस्थाहरुले हातेमालो गर्दै यो अभियानलाई सुरुवात गरे, र त्यसमा जुडदै मधेशी एकता समाजका उपाध्यक्ष कृष्ण ठाकुरले फलोअप गर्दै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी मृतकको पार्थिव शरीरलाई फेब्रुअरी १६ तारिख राति नेपाल वायु सेवा निगमबाट नेपाल पठाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

उनको शव १७ फेब्रुअरी नेपाल आइपुगी दाह संस्कार सम्पन्न भैसकेको छ ।

यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण व्यक्ति, संस्था तथा नेपाली एम्बेसी धन्यबाद का पात्र हुन् । यस दुर्घटना ले एउटा महत्वपूर्ण पाठ सिखाएको छ। समाजका उपाध्यक्ष कृष्णले, “भिजिट भिसामा युएई आएर, सम्पूर्ण कागजी प्रक्रिया पुरा नगर्दा, आफु र आफ्नो परिवार लाई बिचल्ली पार्ने काम नगर्न वैदेशिक रोजगारमा आउने नेपाली दाजुभाई तथा दिदि बहिनिलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ