दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा ४८ लाखको क्षति

समाचार

रुपन्देही, ११ फागुन । बुटवल उपमहानगरपालिकान–११ मैनाबगरस्थित पशुपती बानियाँको दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

बुधबार बिहान आगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ, कच्चा पदार्थ लगायत जलेर करिब ४८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ