मणि प्रसाद गैह्रे, कपिलवस्तु, १२ फागुन । बुद्धभूमि नगरपालिका वडा नम्बर ७ मानपुरमा १ करोड १६ लाख बढी लागतको बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवनको बुधबार शिलान्यास गरिएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा बुद्धभूमिका नगरप्रमुख केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पुजापाठ गरि भवनको शिलान्यास गरेका हुन् ।
सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका महामन्त्री आचार्यले मानपुरमा निर्माण हुने बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीले बुद्धभूमि र महाराजगंज नगरपालिकाका केही वडाका बासिन्दा लाभान्वित हुने बताए । उनले स्वास्थय क्षेत्रलाई सबै वडाहरुले प्राथमिकतामा राख्नु पर्ने बताए ।
उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारको थप लागनी आवश्यक रहेको भन्दै आफुले पनि जिल्लाको स्वास्थ्य क्षेत्रमा बजेट बिनियोज गर्न प्रदेश र संघीय सरकरमा पहल गर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतमा राखेर काम गरेको बताए । उनले नगरमा रहेको सबै १० वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने नगरपालिकाको योजना रहेको बताए ।
उनले अहिले सम्म ५ वटा वडामा बर्थिङ सेन्टर निर्माण भईसकेको र यही आर्थिक बर्ष भित्र मानपुरमा बर्थिङ सेन्टर संचालन हुने बताए । नगरपालिकाकी ईन्जीनीयर निकित त्रिपाठीले १ करोड १६ लाखको लागतमा काठमाण्डौको गोरखनाथ मर्चेन्डाईजर निर्माण कम्पनीले भवन निर्माणको जिम्मा पाएको बताईन ।
दुई तले भवनमा तल्लो तल्लामा स्वास्थ्य जाच र बर्थिङ सेन्टर तथा माथिल्लो तल्लामा कर्मचरी निवास रहेका छन । गत मंसिरमा संझौता भएको ठेक्कोका निर्माण अवधि २०७९ असार २० गते सम्म रहेको त्रिपाठीले बताईन ।
स्थानीय समाजसेबी रामेन्द्र प्रताप सिंहले बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकी भवन निर्माण भए पछि यो वडा सहीत २ दर्जन बढी गाउका बासीन्दालाई स्वास्थ्य उपचारमा सहजता हुने बताए । मानपुरमा स्वास्थ्य चौकी भवन भए पनि पुरानो र जीर्ण अवस्थामा रहेको छ ।
त्यसैले नगरपालिका र वडाको सल्लाह अुनुसार नया ठाउमा साढे ४ कठ्ठा क्षेत्रफलमा भवन निर्माण सूरु गरिएको हो । कार्यक्रममा कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम, सचिव प्रेम बहादुर रायमाझी लगायतले समयमै काम सम्पन्न गरि जनतालाई गुणस्तरिय सेवा दिनु पर्ने बताए ।
तपाईको प्रतिक्रिया