काग्रेस कपिलवस्तु नगरमा पूर्णता

समाचार

कपिलवस्तु, १२ फागुन । नेपाली कांग्र्र्रेस कपिलवस्तु नगरपालिकाले विधानमा भएको व्यवस्थाअनुसार कोषाध्यक्ष नगरसदस्य र कार्य सम्पादन समिति गठन गरेको छ ।

नगर सभापति खुर्सेद अहमद खांको अध्यक्षतामा तौलिहवामा सम्पन्न बैठकले उक्त समिति मनोनयन गरी समितिलाई पूर्णता दिएको हो ।

मनोनित कोषाध्यक्षमा सुधिर मिश्रा, सदस्यहरुमा इसमाइल खां, चनरमती पासी, जोगिन्दर मुराउ, कन्हैयालाल कुर्मी, उमेश पाण्डेय, मुरलीधर त्रिपाठी, धनमाया क्षेत्री, अब्दुल बहां अन्सारी रहेका छन् ।

त्यस्तै कार्य सम्पादन समितिमा सभापति खुर्सेख अहमद खाँ, उपाध्यक्ष सन्दीप शर्मा, विनोद अधिकारी, सचिव नगेन्द्र यादव, धिरेन्द उपाध्याय, सहसचिव संजय सिंह राय, धमेन्द्र यादव कोषाध्यक्ष, सधिर मिश्रा सदस्य अनन्ता न्यौपाने, इसमाइल खां, चनरमती पासी, जोगिन्द्रर मुराउ, कन्हैयालाल कुर्मी, उमेश पाण्डेय, अब्दुल बफा अन्सारी, मिरा मल्लाह रहेका छन् ।

साथै समितिले प्रयक महिला पार्टी कार्यालय तौलिहामा नियमित बैठक बस्ने निर्णय समेत गरेको सभापति खुर्सेद अहमद खांले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ