काठमाडौं, १३ फागुन । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आन्तरिक विवादमा जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक सुरू भएको छ ।
ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बैठक जारी छ । बैठकमा पार्टीभित्र देखिएको विवाद, एमसीसी, स्थानीय चुनावको तयारीलगायतका विषयमा छलफल भइरहेको छ ।
यादव र बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको संघारमा पुगेको छ । भट्टराईले लामो समयदेखि कार्यकारणी समिति बैठक बोलाउन माग गर्दै आइरहेका थिए ।
यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षधरलेछुट्टै पार्टी निर्माणका लागि हस्ताक्षरसमेत संकलन गरेको छ । जसपाका नेताले पार्टीको एकता कायम रहने या नरहने कुरा यादवमै निर्भर रहेको बताएका छन् ।
एमसीसीमा पनि जसपा भित्र विवाद छ । भट्टराई एमसीसीका पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् भने यादव अझैं यसबारे प्रष्ट छैनन् । यादवनिकट नेताहरू पार्टी विवाद झन् बढ्ने डरले नबोलेको भए पनि उपेन्द्र यथास्थितिमा एमसीसीलाई सर्मथन गर्ने पक्षमा नरहेको बताउँछन् ।
तपाईको प्रतिक्रिया