हत्या गरेको अभियोगमा पक्राउ

समाचार

पर्सा, १४ फागुन । बारा फेटा गाउँपालिका–४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका–८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–१६ फुलबरीया टोलस्थित गाईगोठमा दिपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ