बाँके, १४ फागुन । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँको खुल्ला चौरमा तास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
भारत बहारइच आदर्श थाना रुपैडिया बस्ने २७ वर्षीय शिखर वर्साल सहित २ जनालाई नगद ९८ हजार ८ सय ६० रूपैयाँ, १ बुक तास र २ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको गस्ती टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया