बसले स्कारपियोलाई ठक्कर दिँदा दुईको मृत्यु

समाचार

रौतहट, १५ फागुन । चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा बा.१६ च ३८१२ नम्बरको स्कारपियोलाई ना.५ ख २३६९ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो बसले ठक्कर दिँदा भएको दुर्घटनामा परी स्कारपियो चालक स्याङजा घर भई राजापुर बर्दिया बस्ने राजकुमार थापासमेत २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका १ जनाको चपुर प्रालि अस्पतालमा र राजकुमारको चपुर प्रालि अस्पताल हुँदै नेशनल मेडिकल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ भने बारा फेटहा गाउँपालिका–४ बतरा बस्ने ३० वर्षीय सुनिल मुखियालाई थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज पठाइएको छ ।

दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ