कपिलवस्तु, १५ फागुन । वाणगंगा नगरपालिका–१ बुङची चोकस्थित सडकमा बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्बरको मोटरसाइकललाई दिँदा एक युवकको ज्यान गएको छ ।
शनिबार साँझ ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–१ बस्ने २८ वर्षीय माधव अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका बुबा ४८ वर्षीय धर्मराज अधिकारीको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया