एमसीसी आजै पारित गर्ने गठबन्धनको निर्णय

समाचार

काठमाडौं, १५ फागुन । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजै पारित गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले संसदबाट आजै एमसीसी पारित गर्ने सहमति गरेको हो ।

अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आजै बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ