मटिहानीमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

समाचार

महोत्तरी, १५ फागुन । मटिहानी रंगशालामा चौथो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ को आजदेखि सुरु भएको छ ।

मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले सो प्रतियोगिताको शुभारम्भ गरेका छन् ।

मटिहानी नगरपालिकाको आयोजनामा शुरू भएको दुईदिने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा पालिकाका पाँचै वटा विद्यालय सहभागी रहेको जनाइएको छ ।

कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं . ७ का वड़ा अध्यक्ष जीतनारायण माझी, वड़ा नं. ८ का वडाअध्यक्ष गणेश प्रसाद, वड़ा नं. १ का वडाअध्यक्ष शिवशंकर कुमार राय, वड़ा नं. ४ का वडाअध्यक्ष मईनुद्दीन राइन, पूर्वगाविस अध्यक्ष राम कुमार मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, प्र.अ.हरु, कलीम अन्सारी, नागेन्द्र लाल कर्ण, मोसाफिर सहनी, मोहन सहनी, हेमचन्द्र मिश्र लगायतका सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ