काठमाडौं, १५ फागुन । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय गरेको छ ।
आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एमसीसीका पक्षमा मतदान गर्ने निर्णयबाहेक अन्य कुनै निर्णय नभएको पनि बताए ।
‘एमसीसीको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छौँ,’ खतिवडाले भने, ‘यस बाहेक अरु केही निर्णय भएको छैन ।’
बैठकमा केही नेताहरूले सत्तारुढ दलका केही पार्टीहरूले अगाडि सारेको व्याख्यात्मक घोषणाको स्वामित्व जसपाले लिन नहुने र यसलाई निःशर्त स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।
जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनीपक्षीय नेताहरू एमसीसी सम्झौताको पक्षमा खुलेका थिए भने अध्यक्ष उपेन्द्र यादव मौन रहँदै आएका थिए ।
तपाईको प्रतिक्रिया