जनकपुरधाम, १५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का असन्तुष्ट पक्षले पुनर्गठन गरेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को नयाँ कार्यसमिति घोषणा भएको छ ।
लोसपाबाट अलग भएका बृशेष चन्द्र लाल ब्युँत्याइएको ‘तमलोपा’को नयाँ अध्यक्ष भएका हुन । यस्तै लालसँगै लोसपाबाट बाहिरिएका डा. विजय सिंह वरिष्ठ नेतामा चयन भएका हुन् ।
जनकपुरमा आइतबार तमलोपाले ५५ सदस्यीय पदाधिकारीको नाम घोषणा गरेको छ । लाल र सिंहबाहेक सबै केन्द्रीय सदस्य छन् ।
महन्थ ठाकुर नेतृत्वको तमलोपा हुँदा लाल उपाध्यक्ष थिए । पछि समाजवादी फोरम र तमलोपा एकता भएपछि जसपा बनेको थियो ।
जसपा विभाजित भएपछि ठाकुरकै नेतृत्वमा लोसपा बनेको थियो । लोसपाको पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि नेता लाल र डा. सिंह पार्टी परित्याग गरेका हुन् ।
तपाईको प्रतिक्रिया